अमेरिकी फेसन म्यागजिन ‘भग’ को कभर पृष्ठमा अञ्जली लामा
काठमाडौं । अमेरिकाको विश्वचर्चित फेसन म्यागजिन भगले नेपाली सुपरमोडल अञ्जली लामाको कभर पृष्ठमा तस्विर राखेको छ । ‘फेसनको बाइबल’ मानिने भगको कभरमा स्थान पाउने उनी दोस्रो नेपाली हुन् ।
यसअघि फेसन डिजाइनर प्रबल गुरुङलाई पनि भगले कभरमा स्थान दिएको थियो । भगको भारतीय संस्करणको अगस्ट महिनाको कभरमा अञ्जलीलाई देख्न पाइनेछ ।
अल्पसंख्यक लैंगिक समुदायको प्रतिनिधित्व गर्दै मोडलिङमा लागेकी अञ्जलीले न्युयोर्क फेसन विकमा र्याम्प नापेकी छन् । उनी हालै छायांकन सम्पन्न एक बलिउड हलिउड संयुक्त लगानीको चलचित्रमा पनि देखिएकी छिन् ।
उक्त चलचित्रमा उनलाई बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग देख्न सकिन्छ ।


ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया