NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

अमेरिकी फेसन म्यागजिन ‘भग’ को कभर पृष्ठमा अञ्जली लामा

काठमाडौं । अमेरिकाको विश्वचर्चित फेसन म्यागजिन भगले नेपाली सुपरमोडल अञ्जली लामाको कभर पृष्ठमा तस्विर राखेको छ । ‘फेसनको बाइबल’ मानिने भगको कभरमा स्थान पाउने उनी दोस्रो नेपाली हुन् ।

यसअघि फेसन डिजाइनर प्रबल गुरुङलाई पनि भगले कभरमा स्थान दिएको थियो । भगको भारतीय संस्करणको अगस्ट महिनाको कभरमा अञ्जलीलाई देख्न पाइनेछ ।

अल्पसंख्यक लैंगिक समुदायको प्रतिनिधित्व गर्दै मोडलिङमा लागेकी अञ्जलीले न्युयोर्क फेसन विकमा र्‍याम्प नापेकी छन् । उनी हालै छायांकन सम्पन्न एक बलिउड हलिउड संयुक्त लगानीको चलचित्रमा पनि देखिएकी छिन् ।

उक्त चलचित्रमा उनलाई बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग देख्न सकिन्छ ।