को हुन् प्रेस युनियनको अध्यक्षमा विजयी भएका लम्साल ?

काठमाडौं । आठ वर्षपछि भएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । कांग्रेसको संस्थापनपक्षीय उम्मेदवार अनिता विन्दूलाई पराजित गरी लम्साल युनियनको अध्यक्षमा चुनिएका हुन् ।
प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो । तर पार्टीले विभिन्न खेमाले पदाधिकारीमा कसलाई उठाउने भनेर निर्णय लिएका थिए ।
वर्षौपछि महाधिवेशन हुँदा दोस्रो प्रयासमा भने लम्सालले बाजी मारेका छन् ।
निर्वाचित लम्साल अहिले योहो टेलिभिजनका प्रधान सम्पादक हुन् । पराजित विन्दू नेपाल टेलिभिजनमा लामो समयदेखि कार्यरत छिन् ।
लम्साल विकासटाइम्स डटकमका सम्पादकसमेत हुन् ।
आठौं महाधिवेशनमा लम्साल बद्रि सिग्देलसँग पराजित भएका थिए । तर आठ वर्षपछि फेरि अध्यक्षका लागि उम्मेदवार बन्दा भने लम्साल विजयी हुन पुगे ।
लम्सालले जनता टिभी, न्युज २४ टिभी, एभिन्युज, इमेज च्यानल र नेपाल वान टिभीमा काम गरिसकेका छन् ।
त्यस्तै, नेपालवाणी, हिमालय टाइम्ससहितका मिडियामा काम गरिसकेका छन् । लम्साल श्रमजीवी पत्रकारको हकहितको मुद्दा उठानमा सक्रिय रहँदै आएका छन् ।
युनियनमा जिते श्रमजीवी पत्रकारका मुद्दा विशेष रुपले उठाउने, पत्रकारको क्षमता अभिवृद्धिका काम गर्नेसहित मुद्दा उनले अगाडि सारेका हुन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया