श्रीमतीको हत्या गरेर भाग्दै थिए, लडेर गयो आफ्नै ज्यान
चितवन । भरतपुर महानगरपालिका–१०, रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार, आइतबार राति १०ः२५ बजेको समयमा स्थानीय ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण ३५ वर्षीया श्रीमती रुश्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए । श्रीमतीको उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
श्रीमतीलाई आक्रमणपछि घरको तेस्रो तलाबाट भाग्न खोज्दा हामफालेका कृष्णप्रसादको उपचारको क्रममा राति नै चितवन मेडिकल कलेजमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरायसी झगडाका कारण घरको तेस्रो तल्लाको बैठक कोठामा श्रीमानले श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया