आज राष्ट्रियसभामा कुन कुन विधेयक टेबुल भए ?

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिक (पहिलो संशोधन) विधेयकसहित दुई विधेयक टेबुल भएका छन् । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई सभा समक्ष टेबुल गरे ।
सचिव फुँयालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभा पठाइएका ‘नेपाल इञ्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष पेश गरे ।
त्यस्तै, बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधेयन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । पहिलो बैठक १० मिनेटका लागि स्थागित भएर अहिले दोस्रो बैठक सुरु भई नागरिकता विधेयकमाथि छलफल भइरहेको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया