सुनको मुल्य घट्यो, चाँदी स्थिर

काठमाडौं । सोमबार सुनको मुल्य १०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार सोमबार चाँदी भने स्थिर रहि आइतबारकै मुल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलामा ११ सय ५५ रुपैयाँ निर्धारण गरिएको थियो ।
प्रतिक्रिया