NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बुटवलपछि काठमाडौंको कल सेन्टरमा पनि प्रहरीको छापा

काठमाडौं । बुटवलपछि काठमाडौंको एक कल सेन्टरमा पनि नेपाल प्रहरीले छापा मारेको छ ।

तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरी परिसर, काठमाडौंको एक टोलीले सोमबार छापा मारेको हो ।

त्यहाँस्थित एउटा घर भाडामा लिएर कल सेन्टर चलाइरहेको सूचनाका आधारमा छापा मारिएको काठमाडौं प्रहरीले जनाएको छ ।

सो घरबाट ल्यापटप लगायतका विद्युतीय उपकरण एसएसपी भरत बोहोराले जानकारी दिए ।

चिनियाँ नागरिकले चलाएको उक्त कल सेन्टरबाट साइबर अपराध हुने गरेको प्रहरीको आशंका छ । त्यसबारे मुचुल्का उठाएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

आइतबार पनि प्रहरीले बुटवलबाट कल सेन्टर चलाइरहेका सात सञ्चालकसहित १५० भन्दा बढी मानिस पक्राउ परेका थिए । ती कल सेन्टर पनि विदेशीले नै सञ्चालन गरको प्रहरीको दाबी छ ।

बुटवलको एक कल सेन्टरबाट डेढ सय युवायुवती पक्राउ