प्रहरीले छापा मार्दा अवरोध गर्ने ७ महिला पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुने–गैह्रीगाउँस्थित एक कल सेन्टरमा नेपाल प्रहरीले सोमबार छापा मारेको छ ।
गैह्रीगाउँमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरी परिसर, काठमाडौंको एक टोलीले सोमबार छापा मार्नेक्रममा केही महिलाले अवरोध गरेका थिए ।
अवरोध गर्ने सातजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
एउटा घर भाडामा लिएर कल सेन्टर चलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।
आइतबार पनि प्रहरीले बुटवलबाट कल सेन्टर चलाइरहेका सात सञ्चालकसहित १५० भन्दा बढी मानिस पक्राउ परेका थिए ।
ती कल सेन्टर पनि विदेशीले नै सञ्चालन गरको प्रहरीको दाबी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया