सार्वजनिक निकायका पदाधिकारीसँग पनि कार्यसम्पादन सम्झौता गरिने
काठमाडौं । सरकारले सार्वजनिक नियुक्ति पाएका पदाधिकारीहरूसँग पनि कार्यसम्पादन सम्झौता गर्ने भएको छ । यसका लागि हालै सरकारले सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ जारी गरेको छ ।
नियुक्ति पाएका पदाधिकारीको मूल्यांकन गरेर पुरस्कृत वा कारबाही गर्नेसम्मका व्यवस्था निर्देशिकामा छ । मन्त्रिपरिषद्को गत १४ असारको बैठकले निर्देशिका स्वीकृत गरेको हो ।
सार्वजनिक पदाधिकारीलाई कामप्रति जिम्मेवार र जवाफदेही बनाई कार्यसम्पादन प्रभावकारी तथा नतिजामुखी बनाउन सरकारले निर्देशिका जारी गरेको हो । सार्वजनिक निकायबाट तलब, भत्ता, पारिश्रमिक तथा सुविधा पाउने गरी नियुक्त वा मनोनीत पदाधिकारीहरूको कार्यसम्पादन करार हुनेछ । निर्देशिकाअनुसार, मन्त्रालय, विभाग, कार्यालय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको प्राधिकरण, बोर्ड, विकास समिति, परिषद्, केन्द्र, संस्थानलगायतका पदाधिकारीसँग कार्यसम्पादन सम्झौता हुनेछ ।
निर्देशिकाअनुसार अब मन्त्रीसँग सचिव, सचिवसँग विभागीय प्रमुख, विभागीय प्रमुखसँग कार्यालय प्रमुख र कार्यालय प्रमुखसँग अन्तर्गतका कर्मचारीले करार सम्झौता गर्नेछन् । अर्थात् एक तह तल्लोले माथिल्लो पदकासँग कार्यसम्पादन सम्झौता गर्नेछन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया