गुजरातमा घरेलु मदिरा सेवन गर्दा २४ जनाको मृत्यु
काठमाडौं । गुजरातको बोटाड जिल्लामा घरेलु मदिरा सेवन गरेर बिरामी भएका ४० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ । त्यहाँ मंगलबार बिहानसम्म २४ जनाको मृत्यु भइसकेको छ ।
४० भन्दा बढी बिरामीलाई उपचारका लागि भावनगर, बोटाड र अहमदाबाद पठाइएको छ । गुजरातका डिजिपी आशिष भाटियाले प्रहरीले अहिलेसम्म रक्सी बनाउने र बेच्नेसहित पाँच जनालाई पक्राउ गरेको बताएका छन् ।
दुर्घटनाको अनुसन्धानमा सहयोग गर्न गुजरात एटीएस मंगलबार बिहान बोटाड पुगेको छ । भावनगर रेन्जका आईजी अशोक कुमार यादवले डीएसपी दर्जाका अधिकारीले एसआईटीको नेतृत्व गर्ने बताएका छन् ।
यसका अलावा गुजरात एटीएस र अहमदाबाद क्राइम ब्रान्चले पनि यस घटनाको अनुसन्धान थालेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया