गुजरातमा घरेलु मदिरा सेवन गर्दा २४ जनाको मृत्यु
काठमाडौं । गुजरातको बोटाड जिल्लामा घरेलु मदिरा सेवन गरेर बिरामी भएका ४० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ । त्यहाँ मंगलबार बिहानसम्म २४ जनाको मृत्यु भइसकेको छ ।
४० भन्दा बढी बिरामीलाई उपचारका लागि भावनगर, बोटाड र अहमदाबाद पठाइएको छ । गुजरातका डिजिपी आशिष भाटियाले प्रहरीले अहिलेसम्म रक्सी बनाउने र बेच्नेसहित पाँच जनालाई पक्राउ गरेको बताएका छन् ।
दुर्घटनाको अनुसन्धानमा सहयोग गर्न गुजरात एटीएस मंगलबार बिहान बोटाड पुगेको छ । भावनगर रेन्जका आईजी अशोक कुमार यादवले डीएसपी दर्जाका अधिकारीले एसआईटीको नेतृत्व गर्ने बताएका छन् ।
यसका अलावा गुजरात एटीएस र अहमदाबाद क्राइम ब्रान्चले पनि यस घटनाको अनुसन्धान थालेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया