आफैं मास्क नलगाएका सभामुखले गरे मास्क लगाउन आग्रह
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले मास्क लगाउन सांसदहरुलाई आग्रह गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले नेपालमा पनि कोरोना संक्रमणको क्रम बढ्दै गएको भन्दै मास्क लगाउन सांसदहरुलाई आग्रह गरेका हुन् । तर उनले आग्रह गरिरहँदा उनी आफैंले भने मास्क लगाएका थिएनन् ।
‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छँदैछ सभामुखले भने, तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्दछु।’
नेपालमा पछिल्लो समय कोरोना संक्रमण दिनदिनै बढ्दै गएको छ ।
केही दिन अघि स्वास्थ्य मन्त्रालयले पनि कोरोनाको संक्रमण बढ्दै गएको भन्दै मास्क लगाउन नागरिकहरुलाई आग्रह गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया