गायक प्रशान्त तामााङलाई पुत्री लाभ
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्री लाभ भएको छ । उनकी श्रीमती मार्था एली तामाङले बुधवार विहान छोरीलाई जन्म दिएकी हुन् । प्रशान्तले छोरीका केही तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै खुशी व्यक्त गरेका छन् ।
उनले छोरीको नाम ‘आरिया’ राखेको पनि जानकारी गराएका छन् । प्रशान्त र मार्थाले करीब तीन वर्षअघि विवाह गरेका थिए । मार्था पेशाले एयर होस्टेस हुन् ।
प्रशान्तको नयाँ चलचित्र ‘परदेशी २’ आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रशान्तले ‘इन्डियन आइडल ३’को विजेता बनेपछि ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘निशानी’, ‘अंगालो यो मायाको’, ‘किन मायामा’ लगायतका चलचित्रमा अभिनयसमेत गरेका छन् उनी गायन क्षेत्रबाट अभिनयमा लागेका हुन्
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया