गायक प्रशान्त तामााङलाई पुत्री लाभ
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्री लाभ भएको छ । उनकी श्रीमती मार्था एली तामाङले बुधवार विहान छोरीलाई जन्म दिएकी हुन् । प्रशान्तले छोरीका केही तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै खुशी व्यक्त गरेका छन् ।
उनले छोरीको नाम ‘आरिया’ राखेको पनि जानकारी गराएका छन् । प्रशान्त र मार्थाले करीब तीन वर्षअघि विवाह गरेका थिए । मार्था पेशाले एयर होस्टेस हुन् ।
प्रशान्तको नयाँ चलचित्र ‘परदेशी २’ आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रशान्तले ‘इन्डियन आइडल ३’को विजेता बनेपछि ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘निशानी’, ‘अंगालो यो मायाको’, ‘किन मायामा’ लगायतका चलचित्रमा अभिनयसमेत गरेका छन् उनी गायन क्षेत्रबाट अभिनयमा लागेका हुन्
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया