दुई सय ५० भन्दा बढी युवा राप्रपामा प्रवेश

काठमाडौं । युवा विचार मञ्च, नेपालका अध्यक्ष विशाल गुरुङको नेतृत्वमा २५० भन्दा बढी युवा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
कांग्रेस र विभिन्न कम्युनिस्ट पार्टीलगायत परित्याग गरी उनीहरू राप्रपामा प्रवेश गरेको पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।
राप्रपा प्रवेश गर्नेमा सशस्त्र प्रहरी बलका हालसालै निवृत्त एसएसपी भेष शाहलगायत रहेका छन् ।
उनीहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनलगायतलाई राप्रपामा स्वागत गरेका थिए ।
प्रतिक्रिया