NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सर्ट फिल्म ‘आराध्या’ को टिजर सार्वजनिक

काठमाडौं । छिट्टै प्रदर्शन हुन लागेको सर्ट फिल्म आराध्याको टिजर सार्वजनिक गरिएको छ । टिजरमा एउटा अति व्यस्त परिवारमा जन्मिएको बच्चाको मनोभाव र उक्त परिवारको तस्विरलाई चित्रण गर्न खोजिएको बुझ्न सकिन्छ ।

यो फिल्मको स्क्रिप्ट तथा निर्देशन रामजी ज्ञवालीले गरेका हुन भने चलचित्रमा अभिनेता आमिर गौतम, सुरविना कार्की, द्रोस्टी शाह, सफु बुढाथोकी, श्रृष्टि भुषाल, प्रन्जल पौडेल, नारायण कंडेल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । यो कथा एउटा मात्रै परिवारका होइन, धेरै परिवारमा घटिरहेका घटना हो, जसलाई काल्पनिक रुपमा प्रस्तुत गरिएको हो, निर्देशक ज्ञवालीले भने, – ‘फिल्म सार्वजनिक भएपछि हरेक परिवारले आफ्ना बच्चाबच्चीप्रति कतिसम्म हलचेक्राई गरिएको रहेछ भन्ने थाहा हुनेछ ।’

टिजर हेरेपछि चलचित्रका कथा बुझ्न खासै गाह्रो पर्दैन । सन्जित कुमार शाहको निर्माणमा बनेको सर्ट फिल्मका कार्यकारि निर्माता राजेश कुमार शाह हुन् ।
राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको सर्ट फिल्म आराध्यामा कलर संयोजन राजेन्द्र मोक्तान, योगेश काजीको ब्याकग्राउण्ड म्युजिक, नहकुल खड्काको सम्पादन छ । चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् ।

चलचित्रमा समाबेश एउटा बाल गीतमा आरसी शाहले आवाज दिएकी छन् । उक्त गीतका गीतकार भने जिवन भण्डारी हुन् । विशाल निरौलाको म्युजिक एरेन्जमा तयार उक्त गीत चलचित्र प्रदर्शन भन्दा केहि समय अघि सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।

टिजरका लागि तलका लिंक खोल्नुहोला

https://www.youtube.com/watch?v=pkwG3O0FeeI