NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर भर्ने आज अन्तिम दिन

काठमाडाैं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर भर्ने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज बैंकिङ समयभित्र साधारण शेयर भर्न सकिने कम्पनीले जानाएको छ ।

उक्त हाइड्रोपावरको सेयर साउन ९ गतेदेखि खुल्ला गरेको थियो । कम्पनीले खुल्ला गरेको ४ दिनमै अर्थात साउन १२ गते आज बन्द गर्ने भएको हो ।

कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरको हो । यो मध्ये ५५ अर्थात् ५८ हजार ८०३ कित्ता सामुहिक लगानी कोष र २५ अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

प्रति कित्ता १०० अंकित शेयर न्यनतम १० कित्ता र अधितम एक लाख कित्ता सम्म किन्न पाईने कम्पनीले जनाएको छ ।

यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । मन्दाकिनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।