अमेरिकामा तेस्रो पार्टी जन्मियो
काठमाडौं । दुईदलीय अभ्यास भइरहेको संयुक्त राज्य अमेरिकामा तेस्रो शक्तिशाली पार्टी जन्मिएको छ । डेमोक्रेटिक र रिपब्लिकन पार्टी छोडेका नेता तथा कार्यकर्ताहरूले तेस्रो पार्टी खोलेको घोषणा गरेका हुन् ।
नयाँ पार्टीको नाम फरवार्ड राखिएको छ । जसको नेतृत्व पूर्वडेमोक्रेटिक एन्ड्रू याङ र न्युजर्सीकी पूर्वगभर्नर क्रिस्टिन टड ह्वाइटम्यानले गर्ने निश्चित भएको छ ।
याङ सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्न खोजे पनि उनी बीचमै प्रतिष्पर्धाबाट बाहिरिएका थिए । ह्वाइटम्यान भने रिपब्लिकन पार्टीबाट गभर्नर बनेकी थिइन् ।
दुईदलीय प्रणाली अमेरिकामा काम नलाग्ने हुँदै गएको निष्कर्ष निकाल्दै उनीहरूले नयाँ पार्टी खालेका हुन् ।
अब अमेरिकामा डेमोक्रेटिक र रिपब्लिकनको दबदबा अन्त्य हुने विश्वास गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा विश्लेषण आइरहेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया