नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसुचक १५.४९ अङ्कले उकालो लागेर दुई हजार १२७.४७ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७० अङ्कले उकालो लागेर ४०५.६२ मा पुगेको छ । कूल २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर रु चार अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने १० उपसमूहको शेयर मूल्य उकालो लागेको छ । निर्जीवन बीमा ०.५५, उत्पादन २४.७१ र अन्य उपसमूहको शेयर मूल्यमा ३.२५ अङ्कले गिरावट भएको छ । बैंकिङ १.६६, व्यापार ४.७३, होटल तथा पर्यटन ६४.९६, विकास बैंक ८५.४२, जलविद्युत् २९.९८, वित्त ५९.७७, लघुवित्त ७०.७३, जीवन बीमा १५.११, सामूहिक लगानी कोष ०.०७ र लगानी २.०१ अङ्कले उकालो लागेको छ ।
बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु ३० खर्ब ३७ अर्ब ९० करोड पाँच लाख १४ हजार ७३२ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ९६ लाख ८६ हजार ६१२ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु १५ करोड ८६ लाख ३४ हजार २७४, माथिल्लो तामाकोशी रु १४ करोड १७ लाख ८० हजार ९१३, अपि पावर कम्पनी रु १३ करोड ४८ लाख ११ हजार १४३ र नागरिक लगानी कोष रु १३ करोड १७ लाख ४५ हजार ६६१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार विन्दवासिनी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारातमक सर्किट लाग्यो । एक्सेल डेभलपमेन्ट बैंक ९.८९, हिमालयन पावर पार्टनर ९.७८ र समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ७.९६ प्रतिशतले कमाए । राधी विद्युत् कम्पनी ३.९१, बलेफी हाइड्रोपावर ३.८५, ग्रीन भेञ्चर्स लिमिटेड ३.८४, लक्ष्मी उन्नति कोष ३.५३ र माहुली लघुवित्तका लगानीकर्ताले २.६३ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया