परराष्ट्रमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा विकास साझेदारी, आर्थिक सहायता, खाद्य सुरक्षा र कोरोनाविरुद्धको भ्याक्सिनबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
अमेरिकी सहायक विदेशमन्त्री लू बिहीबार नेपाल आइपुगेका हुन् ।
दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।
सहायकमन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट्ने कार्यक्रम छ ।
नेपालले अमेरिकी राज्य साझेदारी एसपिपी फिर्ता बोलाउने निर्णय गरेपछि भएको सहायक विदेशमन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया