NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते
अर्थमन्त्री प्रकरण

छानबिन समितिले सभामुखलाई प्रतिवेदन बुझायो

काठमाडौं । चालु आवको बजेट निर्माणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ । विभिन्न पक्षसँग छलफल गरेर समितिले प्रतिवेदन तयार गरेको प्रतिवेदन आज बुझाइएको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले संघीय संसद् भवनस्थितको कार्यकक्षमा पुगेर सभामुख सापकोटालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदन हस्तान्तरणमा समितिका सबै सदस्य उपस्थित थिए ।

प्रतिवेदनलाई अन्तिम रूप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो ।

अर्थमन्त्री प्रकरणको छानबिन समितिमा कसको पल्ला भारी, सत्तापक्ष कि प्रतिपक्ष ?