डोनेट्स्क क्षेत्र खाली गर्न नागरिकलाई युक्रेनी राष्ट्रपतिको अपिल
काठमाडौं । रुस–युक्रेनबीच जारी युद्धको छैठौं महिनामा डोनेट्स्क क्षेत्र दुवै पक्षका लागि पेचिलो बनेको छ । यसै क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनेट्स्कको सीमा क्षेत्र खाली गर्न नागरिकहरूलाई अपिल गरेका छन् । साथै उनले नागरिकलाई सहयोग गर्न सेनालाई आग्रह गरेका छन् ।
किभबाट मध्यराति सम्बोधन गर्दै जेलेन्स्कीले लडाईलाई तीव्र पार्ने चेतावनी दिएका छन् ।
‘अब जति धेरै मानिसहरू डोनेट्स्क क्षेत्र छोड्दैछन्, त्यति नै कम मानिसहरूलाई रूसी सेनाले मार्ने समय हुनेछ,’ उनले भने।
युक्रेनको सेनाले खेरसनका गुमेका क्षेत्र फिर्ता लिन लडाइँ तीव्र पारेको दाबी गरेको छ। यस क्रममा बमबारी गर्दा धेरै रुसी सैनिकहरू मारिएको युक्रेनको दाबी छ । यसबाहेक रुसी सेनाका दुईवटा गोलाबारूद पनि नष्ट भएको छ ।
अर्कोतर्फ युक्रेनविरुद्ध रुसको सैन्य आक्रमण दिनानुदिन बढिरहेको छ । ओलेनिव्कामा युक्रेनी कैदीको सामूहिक हत्या गरिएको र यातना दिइएको भिडियो हालै सार्वजनिक भएको छ । जसलाई जेलेन्स्कीले मस्कोद्वारा प्रायोजित आतंकवाद भनेका छन्।
ओलेनिव्कामा कैदीहरूको हत्याको निन्दा गर्दै युरोपेली संघ (ईयू) का उच्च प्रतिनिधि जोसेफ बोरेलले युक्रेनविरुद्ध जारी गैरकानुनी र अन्यायपूर्ण आक्रमण दिनप्रतिदिन बढ्दै गएको बताएका छन् । उनले रुसी सशस्त्र सेनाले पदा पछाडिबाट गरेको अत्याचारको कडा शब्दमा निन्दा गर्दै यो जेनेभा कन्भेन्सनविपरीतको अमानवीय, बर्बर र युद्ध अपराध भएको बताए ।
बेलायती रक्षा मन्त्रालयले हालैको युद्धमा दुवै पक्षले प्रयोग गर्ने रणनीतिमा परिवर्तन भएको बताएको छ । यसको मुख्य कारण युक्रेनलाई नयाँ हतियारको आपूर्ति हो। युक्रेनी सशस्त्र बलहरूले बेलायतमा निर्मित एन्टिट्याङ्क मिसाइलहरू प्रयोग गरेर रूसी हतियारहरूको सामना गर्न एक कुशल रक्षात्मक रणनीति अपनाइरहेको छ । यही कारण रुसी सेना किभ प्रवेशबाट रोकिएका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया