प्यारासुट नेचुरल स्याम्पुको ‘सँगीको साथ साउन’ क्याम्पेन सुरू, यस्ता छन् विशेषता

काठमाडौं । प्यारासुट नेचुरल स्याम्पुले महिलालाई लक्षित गरी ‘सँगीको साथ साउन’ नामक एक महिने क्याम्पेन सुरु गरेको छ । उक्त क्याम्पेनमार्फत, ब्राण्डले बृहत सेवाग्राहीसँगकोे सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्धेश्य लिएको छ ।
‘सँगीको साथ साउन’ विशेषगरी प्रकृति, हेना, हरियो पहिरन जस्ता साउने संक्रान्तिका विषयवस्तुहरुमा आधारित महिला मित्रहरुमा केन्द्रित अभियान भएको कम्पनीले जनाएको छ । प्यारासुट स्याम्पु शतप्रतिशत प्राकृतिक सामाग्रीहरु रातो हेबिस्कस, हेना, एलोभेरा र नरिवल मिल्क प्रोटिन आदिबाट तयार गरिने हुनाले साउन महिनामा यो क्याम्पेन अझ सान्दिर्भिक रहेको कम्पनीले उल्लेख गरेको छ ।
अभियानको मूल भाबलाई ब्राण्ड र प्रकृतिको बिशेष गुणसँग पंक्तिबद्ध गर्दै प्यारासुट स्याम्पुले दर्शकसँग आफ्नो सम्बन्धमा अझ सामिप्यता, प्रगाढता र मधुरयर्ता थप्ने उद्धेश्य राखेको कम्पनीले बताएको छ । ‘सँगीको साथ साउन’ आफ्नो पूर्व-अभियान ‘केमिकललाई भनौं नो, प्राकृतिकलाई भनौं यस’ को बिस्तारित अभियान हो ।
क्याम्पेनमा आकर्षणका थप पाटोहरु थप्न, ब्राण्डले प्रत्येक सोमबार रोचक इन्गेजमेन्ट पोस्टहरुको पनि आयोजना गर्ने छ । जसमा दर्शकलाई आकर्षक उपहार र गिभअवेहरु दिइनेछ । प्यारासुट नेचुरलले अभियान भरिनै यस प्रकारको रमाइलो गतिविधिहरु आयोजना गरिरहने कम्पनीले उल्लेख गरेको छ । यसका साथै, प्यारासुटले सोसीयल मिडिया इन्फ्लुयेन्सरसँग उपहार अभियानका लागि पनि सहकार्य गर्ने जनाएकोे छ । जसमा टिकटक इन्फ्लुयेन्सरले ब्राण्डको बारेमा भिडियोहरु पोस्ट गर्नेछ र आफ्ना फ्लोअरहरुलाई उपहार दिनेछ ।
प्यारासुट नेचुराल स्याम्पु अग्रणी उपभोक्ता कम्पनी मेरिको लिमिटेड अन्तर्गत कपाल हेरचाहको श्रेणीमा पर्ने ब्राण्ड हो, जसलाई तयार गर्न नरिवल मिल्क प्रोटिन, हेना, रेड हिबिस्कस र एलोभेरा जस्ता प्राकृतिक सामाग्रीहरुको मात्र प्रयोग गरिन्छ ।
प्रतिक्रिया