जर्मन सुपर कप : बायर्नले १० औँ पटक जित्दा कसले कतिपटक जितेका छन् ?
काठमाडौं । बायर्न म्युनिखले जर्मन सुपर कप फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको खेलमा आरबी लाइपजिगलाई ५–३ गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको हो ।
रेड बुल एरिनामा बायर्नको जितका लागि जमल मुसियाला, साडियो माने, बेन्जामिन पाभार्ड, सेर्जी जिनाब्री र लोरोए सानेले एक–एक गोल गरे ।
लाइपजिगका मार्सल हाल्स्टेनबर्ग, क्रिस्टोफर एनकुकू र डानी ओल्मोले एक–एक गोल फर्काए ।

बुन्डेस लिगा विजेता र जर्मन कप विजेताले प्रि–सिजनमै जर्मन सुपर कपको उपाधिका लागि भिडन्त गर्ने गरेका छन् । यसको उपाधि लगातार तेस्रोपटक बायर्नले जितेको हो ।
यसअघि सन् २०२० र २१ को उपाधि पनि बायर्नले नै हात पारेको थियो । यो वर्ष उपाधि जितेसँगै बायर्नले १० पटक जर्मन सुपर कपको उपाधि आफ्नो पोल्टामा पारेको छ । बायर्न सर्वाधिक विजेता टोली हो ।
यस्तै, बायर्नको प्रमुख प्रतिद्धन्द्धी बोरुसिया डर्टमुण्डले ६ तथा वेर्डर बर्मनले ३ पटक जर्मन सुपर कपको उपाधि जितेका छन् ।
यसैगरी, वान एफसी केइसरस्लाउटर्न, साल्के ०४, भिएफबी स्टुगार्ड र भिएफएल उल्फवर्गले १–१ पटक उपाधि हात पारेका छन् ।
हेरौं सूची :

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया