कविता संग्रह ‘इन्द्रेणीका रङ’ विमोचन
काठमाडौं । नवोदय साहित्यिक बगैँचा बाल क्लबले प्रकाशन गरेको कविता संग्रह ‘इन्द्रेणीका रङ’ नामक पुस्तक विमोचन गरिएको छ । समृद्धि देवद्वारा लिखित उक्त कविता संग्रह सोमबार विमोचन गरिएको हो ।
कविता संग्रह विमोचन गर्दै हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्राचार्य पुरनबहादुर जोशीले आफ्नो विद्यालयको कक्षा १२ मा अध्ययनरत बालिकाले सानै उमेरमा कविता सङ्ग्रह प्रकाशन गरेकोमा खुशी व्यक्त गरर्दै साहित्य समाजलाई रुपान्तरण गर्ने मञ्च भएको उल्लेख गरे ।
सङ्ग्रहमा २३ कविता समावेश गरिएको छ । सङ्ग्रहमा नारीको बेदना, नेपालको सुन्दरता र नेपालीले गरिरहेका अपेक्षा लगायतका विषयवस्तुमा आधारित भएर लेखिएको कविता समावेश गरिएको छ ।
संग्रहको सम्पादन नेपाली भाषाका शिक्षक सिएम रिमालले गरेका हुन् । किशोरकिशोरीको मनोविज्ञानमा आधाररित भएर लेखिएको सो सङ्ग्रहले साहित्य क्षेत्रमा नयाँ आयाम ल्याउने रिमालले बताए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया