मन्दाकिनी हाइड्रोपावरको आइपिओ बाँडफाँट सम्पन्न, भाग्यमानी ९ जनाले पाए ११ कित्ता सेयर

काठमाडाैं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँट सम्पन्न भएको छ । आइपिओ बाँडफाँट दिउँसो ४ बजे क्यापिटलकै कार्यलय नक्सालमा सम्पन्न भएको हो ।
बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार आइपिओमा कुल १५ लाख ४७ हजार ९ सय ४९ जनाको आवेदकबाट कुल १ करोड ६९ लाख १६ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १ हजार ६ सय ६५ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १५ लाख ४६ हजार २ सय ८४ जनालाई गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँट गरिएको छ ।
जस अनुसार १ लाख ९ हजार ३ सय ७४ जनाले सेयर पाएका छन् । यीमध्ये भाग्यमानी ९ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।
क्यापिटलले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो ।
आइपिओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने छ । नतिजा ४ तरिकाबाट हेर्न सकिने छ । आइपिओको नतिजा बिओके क्यापिटलको वेबसाइट, सिडीएससीको मेरोसेयरको वेबसाइट, सिडीएसले आइपिओको लागि सञ्चालन गरेको वेबसाइट, मन्दाकिनी हाइड्रो कम्पनीको वेबसाइटबाट हेर्न सकिने छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया