NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

मन्त्रालयको निर्णय उल्टाउँदै, सरुवा रोक्दै

काठमाडौं । कामकाजका लागि अन्यत्र खटाउने सचिवस्तरको निर्णय उल्टाउँदै बाराको निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुमनकुमार कार्की पुनः फर्किन लागेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ११ गते जिल्लाभित्रै रहेको पचरौता नगरपालिकामा उनको सरुवा गरेको भए पनि उक्त निर्णय उल्टाएर कार्की निजगढ फर्कंन लागेका हुन् ।

कार्कीलाई सरुवा गर्दै मन्त्रालयले उनको स्थानमा मकवानपुरस्थित थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई पठाएको थियो । मन्त्रालयले सरुवा गरेपछि पुरी साउन ३१ गते निजगढमा हाजिर हुँदै काम थालेका थिए । पुरीले काम थालेको दुई दिन नबित्दै मन्त्रालयले पुनः कार्कीलाई निजगढ फर्काएको हो ।

पचरौतामा सरुवा गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका कार्कीले मन्त्रालय पुगेर सचिवस्तरीय निर्णय उल्टाएका हुन् । कार्कीले आफ्नो सरुवाको निर्णय स्थगन गर्न मन्त्रालयमा पुगेर राजनीतिक दबाब दिएको बुझिएको छ । सचिवस्तरीय निर्णयको पत्र नगरपालिकामा आएलगत्तै कार्की काठमाडौं आएका थिए । उनले राजनीतिक शक्ति प्रयोग गरेर सरुवाको निर्णय स्थगन गर्न लगाएको मन्त्रालय स्रोतको दाबी छ । अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।