एलियन पत्ता लगाउन सूर्यलाई विशाल टेलिस्कोपमा परिणत गर्दै नासा
काठमाडौं (एजेन्सी) । एलियन पत्ता लगाउन सूर्यलाई विशाल टेलिस्कोपमा परिणत गरिने भएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो एउटा मिसनअन्तर्गत यस्तो योजना अघि सारेको हो ।
नासाले यो अभियानमार्फत ब्रह्माण्ड वा आकाशगंगा तथा एलियन ग्रहहरूमा नजर राख्नेछ । उसले यस मिसनलाई ‘सोलर ग्रेभिटेशन लेन्स प्रोजेक्ट’ नाम दिएको छ।
वैज्ञानिकहरू एलियन ग्रह प्रत्यक्ष रूपमा हेर्ने कार्य निकै कठिन भएको विश्वास गर्छन्। पृथ्वीबाट १०० प्रकाश वर्ष टाढा अवस्थित कुनै पनि एलियन प्रजाति हेर्न ९० किलोमिटर व्यासको प्राथमिक लेन्सवाला टेलिस्कोप चाहिन्छ। तर यति ठूलो लेन्स बनाउन सम्भव छैन।
‘वास्तवमा अन्तरिक्षमा प्रत्येक वस्तुको आफ्नै समय हुन्छ। गुरुत्वाकर्षण बलका कारण सूर्यको किरण पनि झुक्छ । यसका लागि हामी सूर्यबाट निस्कने प्रकाशलाई विशाल लेन्समा परिणत गर्नेछौं,’ वैज्ञानिकहरूले भनेका छन् ।
वैज्ञानिकका अनुसार, यसले गुरुत्वाकर्षणको बलमा लेन्स बनाउँछ। जसमार्फत सूर्यभन्दा पछाडि रहेका टाढाका अन्तरिक्ष हेर्न सकिनेछ ।
यति मात्र होइन, यदि ग्रहहरूको सतहमा कुनै सहर अवस्थित छ भने त्यसलाई पनि देखिने बताइएको छ । सूर्यलाई टेलिस्कोप बनाउन जुन प्रविधि अन्तरिक्षमा सेट गर्ने कुरा भइरहेको छ, त्यसलाई ६५० खगोलीय इकार्इमा राख्नुपर्नेछ ।
यो दुरी निर्धारण गर्न सानो टेलिस्कोप बनाएर पठाउनुपर्ने एजेन्सीको विश्वास छ । त्यसपछि पनि त्यहाँ पुग्न २५ वर्ष लाग्छ । सो काममा सौर्य वायुको सहयोग लिइनेछ ।
नासाको जेट प्रोपल्सन प्रयोगशालाका वैज्ञानिक डा स्लावा तुरिशेले यो परियोजना निकै महत्वाकांक्षी रहेको बताए । ‘हेर्दा असम्भवजस्तो देखिन्छ तर होइन। यो गर्न सकिन्छ। यसलाई सन् २०३४ सम्ममा पूरा गर्ने हाम्रो लक्ष्य छ । यसपछि, हामी अन्य संसारका ग्रहहरू, जीवित प्राणीहरू, प्रजातिहरू आदि बारे जानकारी सङ्कलन गर्नेछौं,’ उनले भने ।
ब्रह्माण्डमा अन्य ग्रहहरू जहाँ मानवजस्तो वा राम्रो सभ्यताहरू बसिरहेका छन् कि छैनन् भनेर जान्न महत्त्वपूर्ण छ । के तिनीहरूले हामीलाई भविष्यमा मद्दत गर्छन् ? वा हामीलाई आक्रमण गर्छन् ? पृथ्वीलाई बचाउन र सुन्दर बनाउन तिनीहरूबारे जान्न महत्त्वपूर्ण छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया