NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मनिष पलले हरेक जन्मदिनमा किन गर्छन् यो काम ?

एजेन्सी । सानोदेखि ठूला पर्दासम्म आफ्नो पहिचान बनाएका मनीष पलले आज आफ्नो ४१ औँ जन्मदिन मनाइरहेका छन् । ३ अगस्त १९८१ मा दिल्लीको मालवीय नगरमा जन्मिएका मनीष एक होस्ट, अभिनेता र आरजे हुन्। मनिष अहिले मनोरञ्जन जगतको त्यो अनुहार बनेका छन्, जसलाई कुनै पनि पहिचानमा चासो छैन । मनीष पलले आफ्नो कमिक टाइमिङले प्रायः मानिसहरूको अनुहारमा मुस्कान ल्याउँछन्।
यसरी सुरु भयो उनको करिअर

दिल्लीमा पढाइ सकेपछि मनिष मुम्बई आएका थिए । जब मनिष यो उद्योगमा आफ्नो नाम र स्थान बनाउन संघर्ष गरिरहेका थिए, तब उनकी पत्नी संयुक्ताले उनलाई साथ दिएकी थिइन् । सन् २००२ मा मनिषले आफ्नो पहिलो शो ‘सन्डे ट्याङ्गो’ होस्ट गर्ने मौका पाए। यस अवधिमा उनले भिजेको रूपमा पनि काम गर्न थाले र रेडियो सिटीमा आरजे बने । उनले बिहानको समयमा ‘कसाकाये मुम्बई’ होस्ट सञ्चालन गरे। उनी मन पराइए र विस्तारै लोकप्रिय हुन थाले ।

बालापानको साथीसँग बिहे

मनीषले सन् २००७ मा संयुक्तासँग विवाह गरेका थिए । संयुक्तम उनको बाल्यकालीन साथी हुन् । एक अर्कालाई सानैदेखि चिन्ने उनीहरू सन् १९९८ देखि सम्बन्धमा थिए। दुवैका एक छोरी र छोरा छन् ।

मनिषले एक अन्तर्वार्ताका क्रममा आफू विवाहअघि आफ्नो करियरलाई लिएर त्यति गम्भीर नभएको बताएका थिए । संयुक्ताका कारण आफू यो बिन्दुमा आइपुगेको उनको भनाइ छ ।

अमिताभलाई मान्छन् आदर्श

मनीष बलिउडका बादशाह अमिताभ बच्चनलाई आफ्नो आदर्श मान्छन् । कतिसम्म भने जन्मदिनमा उनले अमिताभ बच्चनको खुट्टा छोएर आशीर्वाद लिन्छन् । मनिष भन्छन् कि उनी बिग बीसँग विशेष बन्धन महसुस गर्छन्, त्यसैले हरेक वर्ष आफ्नो जन्मदिनमा यो गर्छन्। यससँगै उनले बिग बीसँग कुनै दृश्य शूट गर्नुपर्‍यो भने उनी मन्त्रमुग्ध हुन्छन् ।

मनीष टिभी शो र फिल्म दुवैको हिस्सा भइसकेका छन्। मनिषले ‘घोस्ट बना दोस्त’, ‘राधा की बेटियां कुछ कर दिखाएंगी’, ‘जिंदादिल’, ‘कहानी शुरू विद लव गुरु’जस्ता धेरै सिरियलमा काम गरिसकेका छन् । यसबाहेक उनी अक्षय कुमार र कट्रिना कैफसँग ‘तीस मार खां’ मा देखिएका थिए । मुख्य अभिनेताका रूपमा भने सन् २०१३ मा डेब्यु गरेका थिए । पहिलो फिल्म थियो– ‘मिक्की वायरस’। हालै ‘जुग जुग जियो’ मा पनि उनी देखिएका थिए ।

यसअतिरिक्त उनले अवार्ड समारोह पनि होस्ट गर्ने गरेका छन् ।