श्वेत गंगा हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ । उक्त आइपिओमा गोलाप्रथामार्फत २ लाख २७ हजार २ जना लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार उक्त आइपिओमा १५ लाख ४३ हजार ९५४ जनाले आवेदन दिएका थिए । जसमा ४ हजार ४४० जनाको आवेदन रद्द भएको छ ।
हाइड्रोपावरले साउन ४ गतेबाट ८ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७० हजार २५ कित्ता आइपीओ निष्काशन गरेको थियो । कम्पनीले कुल २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेकामा ५५ अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।
लगानीकर्ताले आइपिओको नतिजा सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एपमार्फत हेर्न सक्नेछन् भने हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटबाट नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया