वामदेव पार्टीबाट निष्कासित, समाजवादी केन्द्र गठन
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका केही सदस्यले संयोजकबाट वामदेव गौतमलाई हटाएर नयाँ दल गठन गरेका छन् । नयाँ दलको नाम समाजवादी केन्द्र राखिएको छ ।
संयोजकबाट गौतमलाई निष्कासित गरेर युवराज सफललाई नयाँ संयोजक तोकिएको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरेर नयाँ पार्टी खोल्ने प्रक्रियामा अघि बढेको सफलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘मंगलबार बसेको बैठकले नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरी ‘समाजवादी केन्द्र’ राख्ने निर्णय गरेको जानकारी निर्वाचन आयोगलाई गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
हालै बसेको बैठकले संयोजक सफलसँगै कृष्णगोपाल बञ्जारा, नीलकण्ठ पौडेल, र मिठानाथ देवकोटा सम्मिलित अध्यक्ष मण्डल पनि गठन गरेको छ ।
साउन १५ मा गौतमले गठन गरेको नेकपा एकता राष्ट्रिय अभियानले दलको मान्यता पाएको थियो । तीन दिनपछि फेरि पार्टी फुटेको हो ।
हेरौं विज्ञप्ति :

वामदेव गौतमको नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणा [भिडियो]
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया