काठमाडौंमा चिनियाँ नागरिक अपहरित
काठमाडौं । काठमाडौंमा एक चिनियाँ नागरिक अपहरणमा परेका छन् । उनी बुधबार साँझ अपहरणमा परेका हुन् ।
तत्कालै खोजी गरेर अपहरणमा संग्लग्न ६ जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने सबै नेपाली रहेको बताइएको छ ।
चिनियाँ नागरिकलाई अपहरण गरेर उनीहरूले नयाँ बसपार्क क्षेत्रमा राखेका थिए । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले सोही क्षेत्रबाट पक्राउ गरेको हो ।
पैसाका लागि अपहरण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अपहरणपछि अपहरणकारीहरूले एक करोड रुपैयाँ फिरौटी मागेको प्रहरीको भनाइ छ ।
राजदूत यान्छीले भनिन्, ‘ताइवान मामिलामा नेपालले चीनको पक्ष लिनेमा विश्वस्त छु’
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया