प्रधानमन्त्री कार्यालय तानिए मरासिनी, अर्थसचिवको जिम्मेवारी पुष्करलाई

काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी हालका राजस्व सचिव कृष्णहरि पुष्करलाई सुम्पिएको छ । अर्थसचिवको जिम्मा पुष्करले पाएसँगै मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानिएको स्रोतले बतायो ।
बिहिबारकाे मन्त्रिपरिषद्काे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्त हुँदा पोखरा पुगेका मरासिनी त्यहाँबाट सिधै बिदामा बसेका थिए । यसअघि पनि शर्मा रहुञ्जेल मन्त्रालय नआउने भन्दै अनिश्चितकालिन बिदामा गएका मरासिनी शर्माको राजीनामा पछि फर्किएका थिए ।
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएर अर्थमन्त्री शर्मालाई करको दर हेरफेर गराएको आरोप थियो । यो आरोपको चौतर्फी विरोध भएसँगै शर्माले गत २२ असारमा राजीनामा दिएका थिए ।
शर्माको राजीनामासँगै सोही दिन ११ सदस्यीय छानविन समिति गठन भएको थियो । समितिले उनीमाथि लागेको यो आरोेप पुष्टि गर्न नसकेपछि माओवादी केन्द्रले शर्मालाई नै पुनः नियुक्ति दिलाउने निर्णय गरेको हो ।
मरासिनी पोखराबाटै बिदामा, अर्थसचिवमा पुष्कर, राजस्वमा रेग्मी र दंगलबीच प्रतिस्पर्धा
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया