NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सत्तासाझेदार दलको बैठक बस्दै, मुख्य एजेन्डा चुनाव

काठमाडौं । सत्तासाझेदार दलको बैठक आज बस्दैछ । सरकारले आगामी मंसिर ४ का लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको भोलिपल्ट सत्तागठबन्धनका दल संवादमा बस्न लागेका हुन् ।

बैठक शुक्रबार बिहान ९ बजे बालुवाटारमा बस्ने तय छ ।

सरकारले निर्वाचन घोषणा गरेकाले कसरी सहभागी हुने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

सत्तागठबन्धनमा आबद्ध दल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि स्थानीय तह निर्वाचनमा जस्तै तालमेल गरेर जाने मनस्थितिमा छन् । तर सिट बाँडफाँटको विषय केही पेचिलो देखिएको छ ।