NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

एक हुने भए माओवादी धाराका दुई दल

काठमाडौं । माओवादी धाराका दुई दल एकीकृत हुन सहमत भएका छन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र विप्लव समूहबाट अलग भएर बनेको धमेन्द्र बास्तोलाको दल एक हुन सहमत भएका हुन् ।

दुई दलबीच एकताका लागि केही समयअघि वार्ता टोली बनेको थियो । वैद्य र किरणसहित बसेको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।

दुई पार्टीबीच एकता गर्न संयोजन समिति गठन गरिएको बास्तोलाले जानकारी दिए ।

वैद्य र किरणले विज्ञप्तिमार्फत एकता प्रक्रियामा सामेल आफ्ना नेता–कार्यकर्तालाई अपिल गरेका छन् ।

जनयुद्ध लडेको तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियापछि छिन्नभिन्न भएको थियो । सुरुमा वैद्यले माओवादी विभाजन गरेका थिए । त्यसपछि विभिन्न समूह प्रचण्डबाट अलग भएर नयाँ पार्टी गठन गर्न पुगेका थिए । योसँगै माओवादी धाराका दुई दल एकीकृत हुने भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष