जसपाले रेणुलाई कार्यकारिणी समितिबाट हटायो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नेत्री रेणु यादवलाई कार्यकारिणी समिति र राजनीतिक समितिबाट हटाएको छ ।
गत महिना वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकमा उनले राजीनामा दिएको घोषणा गर्दै पार्टीको कुनै भूमिकामा नरहेको बताएकी थिइन् ।
जसअनुसार पार्टीले उनलाई कार्यकारिणी र राजनीतिक समितिबाट हटाउनले निर्णय गरेको जसपाका एक नेताले बताए ।
यद्यपि, ४६६ सदस्यीय केन्द्रीय समितिमा उनको नाम भने कायम नै छ ।
एक महिनाअघि मन्त्रीबाट हट्नु परेपछि नेतृ यादव अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट थिइन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया