नेकपा नेता केसी हत्याको आरोपमा एकजना पक्राउ
काठमाडाैं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान खत्री केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यान अनुसार पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्री रहेका छन् । मृतक केसीका परिवारले किटानी जाहेरीका आधारमा खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान बागचौर नगरपालिका–१० मोख्लाको शिवगुफा सामुदायिक वननजिकै लोकमान मृत भेटिएका थिए ।
टोपबहादुरलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया