जो ३२ वर्षकै उमेरमा सहसचिव भए

बाग्लुङका गणेश पौडेलले गत जेठमा खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाले । ३२ वर्षकै उमेरमा राजपत्रांकित प्रथम श्रेणीमा उक्लिन सफल उनी सम्भवतः कान्छा सहसचिव हुन् ।
उनले ०६९ मा रेन्जर (नासुसरह)बाट निजामती सेवा प्रवेश गरेका थिए ।
३२ वर्षमै सहसचिव बन्न सफल अर्का युवा हुन्, पर्वतका प्रदीप परियार । ०६९ मा नासुबाट सेवामा प्रवेश गरेका उनले गत चैतमा सहसचिवमा नाम निकालेका हुन् ।
अध्ययनको नियमितता, विषयवस्तुको गहिराइमा पुग्ने प्रयास र जिम्मेवारीप्रतिको प्रतिबद्धता महत्वपूर्ण कुरा हुने पौडेल बताउँछन् । फिल्डदेखि विभाग र मन्त्रालयमा खटेर गरेका कामले धेरै कुरा सिकाउने उनको अनुभव छ । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया