NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १७ गते

समाजवादीले टुंग्यायो पदाधिकारी, अध्यक्षमा बाबुराम र महिन्द्रराय

काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् । पार्टीको आज ललितपुरमा बसेको पहिलो बैठकले एक सय ८९ केन्द्रीय कमिटी बनाउँदै भट्टराई र यादवलाई अध्यक्षमा चयन गरेको हो ।

जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर डा. भट्टराईले नयाँ पार्टी खोलेका हुन् ।

यस्तै पार्टीको सहअध्यक्षमा गङ्गानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमी, दुर्गा सोब र भक्तबहादुर शाह चयन भएका छन् । महासचिवको जिम्मेवारी रमेशप्रसाद यादवले पाएका छन् ।