NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

नेपाल मंकिपक्सको उच्च जोखिममा : विश्व स्वास्थ्य संगठन

काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा मंकिपक्स फैलन सक्ने चेतावनी दिएको छ । कोभिड-१९ महामारी तथा मंकीपक्सका वर्तमान अवस्था र तयारीसम्बन्धी अन्तरक्रिया कार्यत्रममा विज्ञले उक्त कुरा बताएका हुन् ।

विश्व स्वास्थ्य संगठन, नेपालका प्रमुख डा. राजेश संभाजीरावले नेपालमा मंकीपक्स पुष्टि नभएता पनि पूर्वतयारी जारी रहेको जानकारी गराएका छन् । उनले नेपालमा हालसम्म मंकीपक्स नदेखिए पनि रोकथाम तथा नियन्त्रणका लागि निरन्तर काम भइरहेको बताए । यसको लागि विश्व स्वास्थ्य संगठनले मंकीपक्स जाँच गर्ने किट प्रदान गरेको डा. पाण्डवले अन्तरक्रिया कार्यक्रममा बताएका छन् ।

उनले कोभिडको संक्रमण गत ६ हप्तामा अन्य मुलुकमा बढेसँगै नेपालमा पनि दोब्बर बढेको बताए । उनले खोप नलगाएकोमा रणनीति लागु गर्नुपनेमा जोड दिदैँ नागरिकले जनस्वास्थ्यको मापदण्ड पालनामा जोड दिन उनले आग्रह गरे । कार्यक्रममा विश्व स्वास्थ्य संगठनको न्यास्नल प्रोफेस्नल अफिसर डा. पल्पसा तुलाधर कंसकारले अहिलेको अवस्थामा कोरोनाको बिए. ५ भेरिएन्ट तिव्र गतिमा देखिएको बताउँदै खोपलाई जोड दिन पर्ने उल्लेख गरिन् ।

त्यस्तै कार्यक्रममा कोभिडको पछिल्लो अवस्थाको जानकारी दिदैँ विश्व स्वास्थ्य संगठनकी हेल्थ इर्मजेन्सी इन्टरभेन्सन अफिसर डा. प्रतिक्षा आर्चायले जुनको पहिलो हप्तादेखि अफ्रिका बाहेक अन्य मुलुकमा कोरोना संक्रमणसँगै मृत्युपनि बढ्दै गएको बताइन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार १८ देखि ६९ वर्ष समुहका मानिसमा कोरोना पुष्टि भइरहेको छ । अहिलेको अवस्थामा ९० प्रतिशत भन्दा बढि होम आइसोलेसन छन् भने बाँकी संस्थागत आइसोलेशनमा भएको डा। आर्चायले जानकारी दिएकी छन् ।

गत ३ हप्तायता १७ जना मानिसको कोरोनाका कारण ज्यान गइसकेको छ । यसमा ५० प्रतिशत ६० वर्ष भन्दा माथिका रहेको उनले बताइन् । कार्यक्रममा विश्व स्वास्थ संगठनका मेडिकल अफिसर डा। बिनोद बुराले नेपालमा प्रयोग गरीएका खोप उच्चगुणस्तरका भएको दाबी गरे । उनले कार्यक्रममा खोपको प्रभावकारीता उल्लेख गर्दै खोपले गम्भिर अवस्थाबाट बचाउने तथा अस्पताल भर्ना हुन नदिने बताए । उनले खोप नलगाएका मानिसको मृत्यु धेरै भएकोसमेत उल्लेख गरेका छन् । बुराले खोपले नयाँ भेरियन्ट आउन नदिने तथा रोक्ने बताए । कोरोनाको जोखिममा अझ बढि गर्भवती महिला हुने भएकाले उनीहरुलाई अझ बढि खोप लगाउन जरुरी भएको उनले बताए ।

विज्ञहरुले मंकिपक्स नेपालमा आउन सम्भव भएको बताएका छन । मंकिपक्स नेपालमा पनि मंकिपक्स नआउला भन्न नसकिने बताउँदै अफ्रिका, यूरोप र भारतमा मंकिपक्सको जोखिम बढेसँगै नेपालमा पनि अन्य मुलुकबाट आउँने मानिस तथा पर्यटनले मंकिपक्स फैलन सक्ने बताए । यसको लागि सर्तकता अपनाउन जरुरी भएको विज्ञले बताएका छन् । मंकिपक्स मान्छेबाट मान्छे तथा जनावरबाट मान्छेमा सर्न सक्ने भएकाले यसबाट बच्न माक्र्सको प्रयोग गर्ने, छालामा भएका घाउँ तथा खटिरालाई छोप्ने, जनावरबाट सर्तक हुने तथा कोरोना जस्तै एक मिटरको दुरी कायम गर्नेमा विज्ञले जोड दिएका छन् । मंकीपक्सको प्रकोप ९८।८ प्रतिशत पुरुषमा देखिएको छ । हालसम्म विश्वभर ८० भन्दा बढि मुलुकमा २४ हजार यसबाट संक्रमित भइसकेका छन ।

ईपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा खगेश्वर गेलालले नेपालमा हालसम्म शंकास्पद चार जनाको मंकीपक्सको परीक्षण गरिँदा नेगेटिभ आएको जनाए । साथै उनले नेपालमा कोरोनाविरुद्ध खोपमा प्रगति गरेको बताउदै ७० प्रतिशतलाई खोप दिइसकेको बताए । जसमा बुस्टर १०० प्रतिशतमा २५ प्रतिशतले लगाएका छन् ।