NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सुनको मूल्य ५०० रूपैयाँले घट्यो

काठमाडाैं । आइतबार सुनको मूल्य घटेको छ । आज छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ५ रुपैयाँमा कारोबार भएको छ ।