ला लिगाले बार्सिलोनाका यी पाँच नयाँ खेलाडी किन दर्ता गर्न चाहेन ?
काठमाडौं । आक्रामक रुपमा नयाँ खेलाडीहरू भित्र्याइरहेको बार्सिलोना फुटबल क्लब संकटमा परेको छ । स्पेनिस ला लिगाले बार्सिलोनाका हालै अनुबन्धित नयाँ खेलाडी दर्ता गर्न अस्वीकार गरेपछि बार्सिलोना संकटमा परेको हो ।
फाइनान्सियल फेयर प्लेको कडाइको कारण देखाउँदै ला लिगाले बार्सिलोनामा आबद्द पाँच नयाँ खेलाडी दर्ता गर्न अस्वीकार गरेको हो ।
यतिबेला बार्सिलोना गम्भीर आर्थिक समस्यामा छन् । यसमा बाबजुत बार्सिलोनाले रोबर्ट लेवान्डोस्की, राफिन्हा, जुल्स कुन्डे, फ्रान्क केसी र एन्ड्रियस क्रिस्टनसेनलाई अनुबन्ध गरेको थियो ।
आर्थिक समस्या हुँदासमेत खेलाडी अनुबन्धमा आक्रामक देखिएपछि ला लिगाले बार्सिलोनाको नियतमाथि शंका गरेको छ । अब यसबारे अनुसन्धान हुने बताइएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया