NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

ताइवानलाई लिएर अमेरिका र चीनबीच भएको तनाबबारे राष्ट्रसंघ फेरि बोल्यो

काठमाडौं । संयुक्त राष्ट्रसंघको भियनास्थित कार्यालयले संयुक्त राष्ट्रसंघको महासभाका प्रासङ्गिक प्रस्तावहरूको पालना गर्दै एक चीन नीतिको पक्षमा रहेको कार्यालयका महानिर्देशकले शनिबार उल्लेख गरेकी छन् ।

संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयका कार्यकारी निर्देशक घाडा वालीले अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमणको प्रतिक्रियामा सिन्ह्वासँगको अन्तर्वार्तामा उक्त धारणा राखेकी हुन् ।

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको एक चीन नीति बारेको हालैको टिप्पणीलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघ महासभाले पारित गरेको एक चीन नीतिको पक्षमा विश्व सङ्गठन रहेको बताएका हुन् ।