मधेश प्रदेशले दियो संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी
काठमाडौं । मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । आगामी निर्वाचन अगावै प्रहरी समायोजन टुंग्याउन माग गर्दै प्रदेश प्रमुखलाई आइतबार बुझाइएको ज्ञापनपत्रमा यस्तो चेतावनी दिइएको हो ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘७ दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रक्रिया आरम्भ नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्न बाध्य हुनछौं ।’
ज्ञापनपत्र बुझाउन सञ्चारमन्त्री साहसँगै मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटनमन्त्री शत्रुधन महतो, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव, खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्मा प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया