इथियोपिया : सुरक्षा कारबाहीमा ३३३ विद्रोहीको मृत्यु
काठमाडौं (एजेन्सी) । इथियोपियाली सुरक्षा फौजले हालै गरेकोे सुरक्षा कारबाहीमा ३३३ जना संदिग्ध ओरोमो लिबरेशन आर्मी (ओला) विद्रोहीको मृत्यु भएकोे इथियोपियाली अधिकारीले बताएका छन् ।
स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारी सञ्चार सेवा राज्यमन्त्री सेलामाविट कासाले शनिबार भने, “जुलाई २३–२९ भएको सुरक्षा कारबाहीमा ३३३ संदिग्ध विद्रोहीको मृत्यु भएको र ६७१ नेता तथा कार्यकर्तालाई सुरक्षा नियन्त्रणमा लिइएको छ ।”
कासाले सैन्य परिचालनको क्रममा उनीहरूबाट ठूलो पैमानामा बन्दुक तथा रेडियो सञ्चार प्रणाली जफत गरिएको पनि बताए । विद्रोही समूहले आपूर्ति भण्डारण गर्न प्रयोग गरिरहेका ६९ वटा गोदाम पनि नष्ट गरेको इथियोपियाली सुरक्षा फौजले बताएको छ ।
ओला पूर्व विद्रोही समूह, ओरोमो लिबरेसन फ्रन्ट (ओएलएफ) को विखण्डनकारी सशस्त्र गुट हो । सन् २०२१ को मे महिनामा इथियोपियाली संसदले ओलालाई आतंकवादी समूहको रूपमा नामकरण गर्ने प्रस्तावलाई बहुमतबाट पारित गरेको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया