सयपत्री हाइड्रोपावरको आइपिओ बाँडफाँट हुने मिति तोकियो
काठमाडाैं । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपिओ मंगलबार बाँडफाँट हुने भएको छ। हाइड्रोपावरको मंगलबार बिहान १० बजे आइपिओ बाँडफाँट गर्ने तयारी गरेको छ ।
हाइड्रोपावरले साउन १३ गतेदेखि ७ लाख २१ हजार ६० कित्ता बराबरको सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो । जसमध्ये ५५ अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २५ अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको थियो ।
कम्पनीको आइपिओमा १५ लाख २३ हजार ७०३ आवेदनबाट एक अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयरको लागि आवेदन परेको बिक्रि क्यापिटलले जनाएको छ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुने जनाएको छ ।
त्यस अनुसार ७६ हजार ५८ जनाले मात्रै शेयर पाउनेछन् । कम्पनीको बिक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया