गाजामा तनाब : ५१ जनाको मृत्यु भएको दाबी
एएनआई । इजरायली सुरक्षाकर्मी र गाजा क्षेत्रका विद्रोही समूहका बीचमा भएको भिडन्तका क्रममा कम्तीमा ५१ मृत्यु भएको दाबी गरिएको छ । पछिल्लो तीन दिनमा भएको भिडन्तमा परी ४३ जनाको मृत्यु भएको बताइएकोमा इजरायली सुरक्षा फौजले नै ५१ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
कुल मृतक मध्ये २४ जना विद्रोही पक्षका लडाकू रहेका छन भने २७ जना गाजा क्षेत्रका स्थानीय बासिन्दा रहेका छन् । सरकारी पक्षले भिडन्तका क्रममा मृत्यु भएका ११ जना युद्धमा कुनै पनि पक्षबाट संलग्न नभएको जनाएको छ । घटनामा परी केही बालबालिकाको समेत मृत्यु भएको पाइएको छ ।
“धेरै प्यालेस्टाइनीहरूको मृत्यु इस्लामिक जिहाद समूहका कारणले भएको छ, यसबाट हामीले सिक्न सक्नु पर्दछ,” एक सुरक्षा अधिकारीले भने ।
गाजा क्षेत्रमा इस्लामिक जिहाद समूहले लामो समयदेखि विद्रोही गर्दै आएको छ । उनीहरूको विद्रोहका कारण बेला बेलामा दुई पक्षका बीचमा भिडन्त हुने गरेको छ ।
पछिल्लो दिन दिनमा भएको भिडन्तलाई अति क्षतिपूर्ण घटनाको रुपमा लिइएको छ । दुवै पक्षले यसलाई नराम्रो घटनाका रुपमा महसुस गरेकाले अहिले दुवै पक्षले युद्ध विराम घोषणा गरेका छन् ।
सोमबार मध्यरातिदेखि लागू हुनेगरी युद्ध विरामको सहमतिभएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरेका छन् । इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खवर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन् ।
यसरी बन्यो इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमति
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया