बालुवाटारमा सिट बाँडफाँटबारे छलफल गर्दै गठबन्धन कार्यदलका सदस्य

काठमाडौं । आगामी मंसिर ४ हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल गर्न गठबन्धन कार्यदलको बैठक अहिले बालुवाटारमा जारी छ ।
कार्यदल गठनपछि बसेको पहिलो बैठकमा सिट बाँडफाँटको मापदण्डका विषयमा छलफल हुने बालुवाटारनिकट स्रोतले जानकारी दियो ।
गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँटका लागि तीन दिनअघि मात्र ११ सदस्यीय कार्यदल गठन गरेकका थिए ।
कार्यदलमा नेपाली कांग्रेसबाट तीन तथा अन्य दलबाट दुई-दुई जना सदस्य रहेका छन् ।
कार्यदलमा कांग्रेसबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा रहेका छन् ।
यस्तै, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र अर्थमन्त्री जनार्दन शर्मा रहेका छन् ।
नेकपा (एकीकृत समाजवादी)बाट बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलका सदस्य रहेका छन् ।
यसैगरी, जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।
ताजा अपडेट
-
स्थानीयको भावना विपरीत केबलकार निर्माण गर्न नहुनेमा सांसदहरूको एकमत
-
आगलागीले क्षतिग्रस्त खानेपानी मन्त्रालयको अनुगमनमा पुग्यो पूर्वाधार विकास समिति
-
कस्तो छ चालु आवको बजेटको अर्धवार्षिक प्रगति ?
-
नयाँ कार्यकक्षमा सरे खानेपानीमन्त्री
-
राष्ट्रियसभामा पेस भएको सामाजिक सञ्जाल विधेयकमा के छ ?
प्रतिक्रिया