ओलीपछि राष्ट्रपति भण्डारी पनि पशुपतिमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिर गएर दर्शन गरी बेलुकीको आरतीमा सहभागी भएकी छिन् ।
मूल मन्दिरभित्र प्रवेश गरी राष्ट्रपति भण्डारीले गणेश, वासुकीनाथ, नवग्रहलगायत देवीदेवताको दर्शनसहित पशुपतिनाथ दर्शन विधिअनुसार दर्शन गरेकाे पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
पशुपतिनाथ मूल मन्दिरमा बेलुकी नियमित हुने आरतीमा पनि उनी सहभागी भएकी थिइन् । राष्ट्रपति भण्डारीले साउन महिनाको एउटा सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै आएकी छिन् ।
साउनको चौथो सोमबार आज विगतका सोमबारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् । आज बेलुकीसम्म पनि भक्तजनको भीड रहेको छ । बेलुकी पानी परेकाले भक्तजनलाई केही बाधा पुगेको थियो ।
पशुपतिनाथमा आज १६० जनाले विशेष पूजा गरेका छन् । साउनको सोमबार रु सात हजार ५०० को विशेष पूजाको रसिद काट्ने गरिएको छ ।
गत हप्ताकाे साेमबार एमाले अध्यक्ष केपी शर्मा ओली पनि पशुपतिनाथस्थित गंगा आरतीमा सहभागी भएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया