NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पृथ्वीको आयुबारे ओलीको भविष्यवाणी : आठ अर्ब वर्षमा समाप्त हुन्छ

काठमाडौं । विश्व ब्रम्हाण्ड, जीव र जगतको कुरा गरेर कहिल्यै नथाक्ने एमाले अध्यक्ष केपी ओलीले पृथ्वीको आयुबारे भविष्यवाणी गरेका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा ओलीले पृथ्वीको आयु ८ अर्ब वर्ष रहेका तर्क गरेका हुन् । कार्यक्रमा उनले अघिर ढल्नु त छँदै छ, मर्नु त छँदै छ भन्दै बीचमा केही भएन भने अब आठ अर्ब वर्षमा पृथ्वी नरहने दाबी गरेका हुन् ।

‘बिचमा केही भयो भने त त्यसै ध्वस्त हुन्छ । केही भएन र यसरी नै शान्त ढंगले अगाडि जाने हो भने पनि आठ अर्बपछि पृथ्वीको आयु समाप्त हुन्छ’, ओलीले भने, ‘पाँच÷छ अर्ब बर्षको आयु गुजार्यो यसले । पृथ्वी अहिले बैंसमा छ । मानव जस्तो ब्रेनी चिजको सृष्टी गर्न सकेको छ ।’

ओलीले ब्रम्हाण्डको सबैभन्दा सुन्दर चिज धर्ती हो र धर्तीको सबैभन्दा सुन्दर पक्ष मानव जाति भएको बताए । उनले पृथ्वी अग्नीकुण्डमा परिणत भएर समाप्त हुने ठोकुवा गरे । त्यसभन्दा सात अर्ब वर्ष अघि नै मानव जाति धर्तीबाट समाप्त हुने दाबी गरे ।

तर पृथ्वीको खोज अनुसन्धानमा लागेका वैज्ञानिकले अहिलेसम्म पृथ्वीको आयुबारे वास्तविकता पत्ता लगाइसकेका छैनन् । यद्यपि ४.५७ अर्ब वर्षअघि पृथ्वीको उत्पत्ति भएको अनुमान छ ।