आज चीन जाँदै परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का मंगबार छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा निस्किँदै छन् । चिनियाँ समकक्षीको निम्तोमा खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।
दुई मुलुकबीच विश्वासको वातावरण निर्माण गर्न मन्त्री खड्का चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको दौरान मन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।
शेरबहादुर देउवा नेतृत्वमा एक वर्षअघि सरकार गठन भएपछि चीनतर्फ हुन लागेकाे याे पहिलाे उच्च राजनीतिक भ्रमण हाे ।
चिनियाँ राष्ट्रपति सी जिनपिङकाे भ्रमणका क्रममा भएको सम्झौता कार्यान्वयन विषयलाई पनि प्राथमिकतापूवर्क उठाउने तयारी छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१९ मा गरेको नेपाल भ्रमणका क्रममा विभिन्न सम्झौता भएका थिए । तर कतिपय सम्झौता अहिलेसम्म पनि कार्यान्वयनमा गएका छैनन् ।
विश्वमा विकसित नयाँ परिस्थितिमा छिमेकीलाई विश्वासमा लिएर मात्र नेपालले आफ्ना कदम चाल्नेछ भनेर कन्भिन्स गराउन पनि नेपालले भ्रमण उपयाेग गर्नेछ ।
यो भ्रमणका क्रममा नयाँ सम्झौता भने नहुने बताइएकाे छ ।
‘भ्रमणकाे क्रममा नयाँ कुनै सम्झाैता हुँदैन । बरु पुरानोलाई कार्यान्वयन गर्न जोड दिइने छ,’ परराष्ट मन्त्रालय स्राेतले भन्याे ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया