NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सयपत्री हाइड्रोपावरको आइपिओ बाँडफाँट, १ हजार १०४ जनाको आवेदन रद्द

काठमाडाैं । सयपत्री हाइड्रोपावरको आइपिओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइपिओ बिहान १० बजे बाँडफाँट सम्पन्न भएको हो ।

उक्त आइपीओमा कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएकामा १ हजार १०४ जनाको आवेदन रद्द भएको क्यापिटलले जानकारी गराएको छ ।

आइपीओमा गोलाप्रथामार्फत ६७ हजार ५८ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।

सयपत्रीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ५५ अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २५ अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।

लगानीकर्ताले एनआइबीएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सयपत्री हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।