यी हुन् हालसम्म निर्वाचन आयोगमा दर्ता भएका १० दल
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले निर्वाचन आयोगमा मंगलबार दल दर्ता गरेसँगै आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने उद्देश्यले दर्ता हुने दलको संख्या १० पुगेको छ ।
आयोगले निर्वाचनका लागि आइतबारबाट दल दर्ता प्रक्रिया सुरु गरेको थियो । सबैभन्दा पहिले सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।
त्यसपछि क्रमशः मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल दर्ता भएका थिए ।
यस्तै, सोमबारयता जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा (माओवादी समाजवादी), राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भइसकेका छन् ।
ठूला पार्टीमध्ये दर्ता गर्नेमा एमाले पहिलो भएको छ । एमाले १० औँ दलको रुपमा दर्ता भएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया