यी हुन् हालसम्म निर्वाचन आयोगमा दर्ता भएका १० दल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले निर्वाचन आयोगमा मंगलबार दल दर्ता गरेसँगै आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने उद्देश्यले दर्ता हुने दलको संख्या १० पुगेको छ ।
आयोगले निर्वाचनका लागि आइतबारबाट दल दर्ता प्रक्रिया सुरु गरेको थियो । सबैभन्दा पहिले सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।
त्यसपछि क्रमशः मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल दर्ता भएका थिए ।
यस्तै, सोमबारयता जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा (माओवादी समाजवादी), राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भइसकेका छन् ।
ठूला पार्टीमध्ये दर्ता गर्नेमा एमाले पहिलो भएको छ । एमाले १० औँ दलको रुपमा दर्ता भएको हो ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया